जिल्ला अदालतको जलेको यो झण्डा फेर्ने जिम्मेवारी कसको ?
शुक्रबार, माघ १६, २०८२
व्यास नगरनगरपालिकाको अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व
शुक्रबार, माघ १६, २०८२
मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेत प्रत्यक्ष जोडेको छ ।
सूर्यविनायक नगरपालिकामा रहेको फर्निचर उद्योगमा आगलागी
बिहीबार, माघ १५, २०८२
सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती
बिहीबार, माघ १५, २०८२
प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरूको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिए । ‘संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौँ,’ उनले भने, ‘विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ ।’
निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण
बिहीबार, माघ १५, २०८२
जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा निकोलस)लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेनजी आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दुरुपयोग भएको भनी उजुरी पर्न आएकोले सो विषयमा आफ्नो निर्वाचन प्रचारप्रसार गर्न अमुक व्यक्तिको जुत्ता प्रयोग गरेको हो वा होइन भनी...
चितवनमा हत्या आरोपमा पाँच जना प्रहरीको नियन्त्रणमा
बिहीबार, माघ १५, २०८२
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउपर्नेमा बारा, जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँमा घर...
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
बिहीबार, माघ १५, २०८२
मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्व्यन गराउन निर्देशन दिएको हो ।
राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत‚ माघ १८ देखि २१ गतेसम्म जापानमा रहने
बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
दुर्गम क्षेत्रका मतपत्र तयार, नमूना पनि छापियो
बिहीबार, माघ १५, २०८२
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतपत्र छापिसकेर प्रत्यक्षतर्फको छपाइ सुरु गरेको जानकारी दिएको छ ।
निर्वाचन आयोगले झापा र उपत्यकालाई किन राख्यो संवेदनशील क्षेत्रमा ?
बिहीबार, माघ १५, २०८२
निर्वाचन आयोगका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यका, झापा र हिमाली जिल्ला संवेदनशील क्षेत्रका रूपमा देखिएका छन्
कुस्ती मैदानमा चुनावी मैदानका खेलाडी, खेत–खेतमा कार्यकर्ताको लस्कर
बिहीबार, माघ १५, २०८२
दल तथा स्वतन्त्र उम्मेदवारहरु भने निर्वाचन आयोगको सर्त छल्दै मतदाता रिझाउन अनेक चटकमा उत्रिएका छन् । उम्मेदवारहरु कोठे बैठक र घरदैलोमा मात्र नभई खेतवारी र खेलमैदानसम्म पुगेर नमस्कार गर्दै मतदाता रिझाउने प्रयासमा लागेका छन्
अदालतद्धारा रविविरुद्धको संगठत अपराध र सम्पत्ति शुद्धीकरण अभियाेग फिर्ता गर्न अस्वीकार, अब के हुन्छ ?
बिहीबार, माघ १५, २०८२
जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीकोे संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियाेग फिर्ता गर्न अस्वीकार गरेको छ
हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
बुधबार, माघ १४, २०८२
यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी हिमपातका कारण यात्रा जोखिम हुने भएकाले उच्च सर्तकता अपनाउन यात्रुलाई अनुरोध गरेको छ । कोरला सडक, मुक्तिनाथ सडक अवरुद्ध भएको र मुस्ताङ–डोल्पा सडक, मनाङ मुस्ताङ पदमार्ग, मनाङ–मुस्ताङ सरिबुङ पदमार्ग, मुस्ताङ–मनाङ मेसोकोन्दो पदमार्ग, धौलागिरि पदमार्ग अन्तर्गत धम्पुस पिक पदमार्ग लगायतका स्थानमा तत्काल यात्रा...


