विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह
विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएका छन् ।
कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाः योग्यता सूची २४ घण्टाभित्र प्रकाशन गर्ने तयारी
कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाः योग्यता सूची २४ घण्टाभित्र प्रकाशन गर्ने तयारी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो ।  स्वीकृत आवेदकमध्ये २२ हजार १६ जना अर्थात् ८२.७६ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी भएका महानगरले जानकारी दिएको छ ।
नेपालमा गावै छैनन्, नेपालमा गरिबी नै छैन भन्ने जसरी बजेट आएको छः डा. पाण्डे
नेपालमा गावै छैनन्, नेपालमा गरिबी नै छैन भन्ने जसरी बजेट आएको छः डा. पाण्डे अर्थशास्त्री डा. पोषराज पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सिमित मध्यमवर्ग र शहरी क्षेत्रलाई मात्रै हेरेर ल्याएको बताएका छन् ।
सुख्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध
सुख्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह
सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छिन् ।
खोक्सिकमा खेलमैदान स्तरोन्नति गर्दै रामप्रसाद राई गाउँपालिका
खोक्सिकमा खेलमैदान स्तरोन्नति गर्दै रामप्रसाद राई गाउँपालिका वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताए ।
अन्नपूर्ण गाउँपालिका–४ मा प्रसूति गृह र सामुदायिक भवन निर्माण
अन्नपूर्ण गाउँपालिका–४ मा प्रसूति गृह र सामुदायिक भवन निर्माण निलगिरिखोला जलविद्युत आयोजनाको ६८ लाख ४९ हजार रुपैयाँ सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् ।
काठमाडौँ महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा
काठमाडौँ महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा काठमाडौँ महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका एक सय २५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा  गराइएको छ ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउने गरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा समावेश गरेका छन्। दूधकोशी आयोजना सञ्चालनका लागि ठेक्का आव्हान गरेर आयोजनाको काम अगाडि बढाउने अर्थमन्त्री डा.वाग्लेले बजेट भाषणमार्फत जानकारी दिए ।
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ ।
Weather Update