६ सय भन्दा बढी कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस
बिहीबार, वैशाख ३, २०८३
सर्वोच्चले दियो नेता खड्कालाई थुनामुक्त गर्ने आदेश‚ विदेश जान अनुमति आवश्यक
बिहीबार, वैशाख ३, २०८३
सर्वोच्चले पूर्व नजिर उल्लेख गर्दै खड्कालाई लागेको अभियोगमा मिलापत्र हुनसक्ने पनि आदेशमा उल्लेख छ । खड्काको रिटमा सर्वोच्च्ले बुधबार ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ विहीबार १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो ।
डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासङ्घको माग
बिहीबार, वैशाख ३, २०८३
महासङ्घले यातायात व्यवस्था विभागसँग भएको सहमतिअनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ प्रतिशतभन्दा बढी तलमाथि हुँदा भाडा दर स्वचालित रूपमा समायोजन हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेको छ। इन्धनको मूल्य घट्दा भाडा घट्ने र बढ्दा भाडा बढ्ने वैज्ञानिक प्रणाली लागू नभएको गुनासो पनि महासङ्घले गरेको छ।
विभागको मनसुन लक्षित तयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन
बिहीबार, वैशाख ३, २०८३
विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन् । ‘तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ र साँझ ६ बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ’, उनले भनिन्, ‘भारी वर्षा, मेघगर्जन,...
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टार मुद्दा दर्ता
बिहीबार, वैशाख ३, २०८३
अनुसन्धानका क्रममा सो अवधिमा तिवारी र उनको परिवारले तलब, भत्ता, जग्गा बिक्री, बैंक ब्याज लगायतका विभिन्न स्रोतबाट जम्मा १४ करोड ५१ लाख ९१ हजार रूपैयाँ वैध (कानूनी) रूपमा कमाएको देखिएको छ ।
टीकापुर नगरपालिकाको नयाँ प्रयोगः टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा
बिहीबार, वैशाख ३, २०८३
टीकापुरमा २६२ टोल विकास संस्था गठन भएका छन्, यसमध्ये २०९ संस्था नगरपालिकामा दर्ता भएका छन् । अन्य दर्ताकै पक्रियामा रहेका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले जनाकारी दिइन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग पहिलो पटक छलफल गर्दै प्रधानमन्त्री शाह
बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ।
सरकारले भन्योः इरानमा पक्राउ परेका अमृत झा रिहा भए
बुधबार, वैशाख २, २०८३
दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए । उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ । झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।
२४ घण्टाभित्र पेस गर्न भन्दै प्रधानमन्त्री कार्यालयले माग्यो सबै मन्त्रालयसँग सवारी साधनको विवरण
बुधबार, वैशाख २, २०८३
सवारी ब्रान्ड र मोडल, सवारी साधन नम्बर, गियर सिस्टम, डिजेल/पेट्रोल वा विद्युतीय कुन हो त्यो खुलाउन भनिएको छ । यसैगरी, उक्त सवारी साधन कसले चलाइरहेको छ, ती प्रयोगकर्ताको पद र सवारी साधनको अवस्था खुलाउन पत्रमा भनिएको छ ।
दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ
बुधबार, वैशाख २, २०८३
बाँसको झाकलाई भङगालो छेउमा चेकजाँच गर्ने क्रममा झाक मुनिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा नौ वटा प्लाष्टिकको बोरामा २२५ किलो गाँजा र को ३० प ९४७५ नम्बर मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थेबेले जानकारी दिए । पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जुम्लाका आठवटा स्थानीय तहका नौ हजार घरधुरी विद्युत्को पहुँचमा
बुधबार, वैशाख २, २०८३
पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको ९९८ किलोवाट विद्युत्बाट चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाका–४ बाहेक अन्य वडाका घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएको छ । जिल्लाका ग्रामीण गाउँवस्तीका घरधुरीमा विद्युत् सेवाको पहुँच पु¥याउनका लागि काम भइरहेको...
बगनासकाली गाउँपालिकामा रहेको कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
बुधबार, वैशाख २, २०८३
उनको खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। उनका अनुसार पौडी खेल्ने क्रममा उनीसँगै गएका सोही ठाउँका ३९ वर्षीय शरण भुसाल बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको उनले बताए । मंगलबार पौडी खेल्ने क्रममा बस्याल बेपत्ता भएका...
शीतभण्डार निर्माणमा अनियमितता भन्दै तत्कालीन सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, वैशाख २, २०८३
यस क्रममा अस्वाभाविक लागत अनुमानसहितको डीपीआर स्वीकृत गराई सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धाबिना सोझै खरिद प्रक्रिया अघि बढाएको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए । गलत नापजाँच प्रतिवेदन र झुट्टा बिलका आधारमा वास्तविक कामको परीक्षण नगरी ७१ लाख ९७ हजार ९८० रूपैयाँ ६ पैसा भुक्तानी गरिएको पाइएको छ ।


