काठमाडौं- पूर्वऊर्जा मन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबारको सुनुवाई सकिएपछि थुनामुक्तिको आदेश दिएको हो ।
खड्कालाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा थिए । खड्काको थुना कानुनसम्मत नभएको ठहर सर्वोच्चको छ । तर, विदेश जानको लागि अदालतको आदेश अनिवार्य गरिदिएको छ ।
सर्वोच्चले पूर्व नजिर उल्लेख गर्दै खड्कालाई लागेको अभियोगमा मिलापत्र हुनसक्ने पनि आदेशमा उल्लेख छ । खड्काको रिटमा सर्वोच्च्ले बुधबार ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ विहीबार १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो ।
खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो ।







