भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो
बुधबार, कात्तिक १९, २०८२
माओवादी केन्द्र र नेकपा एससहित आठ दल/समूहको राष्ट्रिय एकता सम्मेलन आज
बुधबार, कात्तिक १९, २०८२
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल/समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ ।
फिलिपिन्समा शक्तिशाली आँधीले २६ जनाको मृत्यु
बुधबार, कात्तिक १९, २०८२
फिलिपिन्समा शक्तिशाली आँधीले ठूलो विनाश निम्त्याएको छ। अधिकारीहरूले कम्तीमा २६ जनाको मृत्यु भएको र लाखौँलाई आफ्नो घर छाड्न बाध्य भएको बताएका छन्।
समाधानतर्फ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद
बुधबार, कात्तिक १९, २०८२
डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता सर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो ।
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
बुधबार, कात्तिक १९, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो ।
खराब लयमा रहेको नेपाल पहिलो जितको खोजीमा अन्तिम खेल खेल्दै
बुधबार, कात्तिक १९, २०८२
यूएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज बुधबार यूएईसँग खेल्दैछ।
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
मंगलबार, कात्तिक १८, २०८२
माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।
दुई महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै
मंगलबार, कात्तिक १८, २०८२
‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेशसभा बैठक यही कात्तिक २४ गते बस्ने भएको छ ।
बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ
मंगलबार, कात्तिक १८, २०८२
नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, कात्तिक १८, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पूर्व राष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको निर्वाचन उन्मुख संवाद
मंगलबार, कात्तिक १८, २०८२
पूर्व राष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उनीसँग भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
राहदानी वितरणमा समस्या आउन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन
मंगलबार, कात्तिक १८, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छन् ।
मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार
मंगलबार, कात्तिक १८, २०८२
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले नेपाललगायत पाँच देशमा लक्षित ‘म्यानपावर’ कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थन रहेकाबारे जानकारी गराएको छ ।


