देउवा दम्पती गए सिंगापुर
देउवा दम्पती गए सिंगापुर सोमबार राति ११ः५ बजे सिंगापुर विमानमार्फत उनीहरु सिंगापुर गएका हुन्। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए।
सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति, सञ्चालनमा हस्तक्षेप नगर्ने
सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति, सञ्चालनमा हस्तक्षेप नगर्ने सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ । सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्नेगरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो ।
पहिलो त्रैमासमा २६ सय २० युनिट विद्युतीय सवारी आयात
पहिलो त्रैमासमा २६ सय २० युनिट विद्युतीय सवारी आयात चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ अर्ब २५ करोड ५ लाख रुपैयाँको विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा २ हजार ६ सय २० युनिट विद्युतीय सवारी आयात गरिएको विभागले जनाएको छ । 
अनलाइन ठगी प्रकरणमा फरार यादव पक्राउ 
अनलाइन ठगी प्रकरणमा फरार यादव पक्राउ  प्रहरीका अनुसार उनले २०७९ सालदेखि सुरु भएको अनलाइन ठगी घटनामा संलग्न रही कुल १४ लाख ४० हजार रुपैयाँबराबरको रकम विभिन्न व्यक्तिबाट असुली गरेका थिए। 
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा आठ स्थानीय तह रहेको जुम्लामा बीमा लागु भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बीमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए।
सरकारले राजनीतिक दल र जेनजीसँग बुधबार छलफल गर्ने 
सरकारले राजनीतिक दल र जेनजीसँग बुधबार छलफल गर्ने  सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग बुधबार छलफल गर्ने भएको छ।
हिमपातको जोखिम भन्दै उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
हिमपातको जोखिम भन्दै उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह आज एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।
सावित्राको दुई गोलसँगै भारतमाथी नेपालको रोमाञ्चक जित 
सावित्राको दुई गोलसँगै भारतमाथी नेपालको रोमाञ्चक जित  शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।
कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड
कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् ।
शिवसताक्षीमा हुने ‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक
शिवसताक्षीमा हुने ‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार देशभरिका उत्कृष्ट आठ महिला टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।
लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह
लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ । 
पहिलो त्रैमासमा ३० अर्बको भटमास तेल निर्यात
पहिलो त्रैमासमा ३० अर्बको भटमास तेल निर्यात चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा भटमास र सूर्यमुखी कच्चा तेल आयात गरी त्यत्ति बराबरकै निर्यात गरिएको छ । 
Weather Update