काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फसाद परेको छ ।
सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत पर्साले १ करोड रूपैयाँ धरौैटी माग गरेको छ।
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार लामिछानेसँग अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको हो।
मंगलबार जिल्ला न्यायाधीश रूद्रप्रसाद सुवेदीको इजलासले लामिछानेसँग १ करोड रपैयाँ धरौटी माग गरेको हो ।
यद्यपि, लामिछानेले धरौटी रकम बुझाउन लागेका छन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिसभा निर्वाचनको लागि आज (माघ ६ गते) उम्मेदवारी दर्ताको कार्यक्रम छ । लामिछाने चितवन–२ बाट उम्मेदबार बन्न लागेका छन् ।
यसैकारण लामछिाने पर्साबाट चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन जाँदैछन्।
सरकारी वकिलको कार्यालय पर्साले सानो पाइला सहकारीको ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग गरेको थियो। उक्त मुद्दा जेठ ३० गते नै दर्ता भएको थियो।
मुद्दा दर्ता भए पनि उनी अदालतमा उपस्थित भएका थिएनन्।
बुधबार उपस्थित भएपछि आजै प्रारम्भिक सुनुवाइ गरी धरौटी रकम माग गरेको हो।







