Odapalika - The Fourth Estate - चौथो अंग
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
कति पुग्यो अमेरिकी डलरको मूल्य ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।
सूर्यविनायक नगरपालिकामा रहेको फर्निचर उद्योगमा आगलागी 
सूर्यविनायक नगरपालिकामा रहेको फर्निचर उद्योगमा आगलागी  सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरूको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिए । ‘संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौँ,’ उनले भने, ‘विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ ।’
अख्तियारमा उजुरीः निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको आरोप
अख्तियारमा उजुरीः निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको आरोप उजुरीमा उल्लेख भएअनुसार निगममा कार्यरत कर्मचारीलाई महाप्रबन्धक पदमा बहाल राख्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि सोही व्यवस्थालाई बेवास्ता गरी प्रक्रिया अघि बढाइएको आरोप छ ।
तत्कालीन उपकुलपति भण्डारीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर 
तत्कालीन उपकुलपति भण्डारीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर  अस्पतालका लागि ‘सिटी स्क्यान’ खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले सजायको माग राखेर बिहीबार (माघ १५) विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज अस्पताल स्रोतले दिएको जानकारी अनुसार, लामिछाने बिहीबार डिस्चार्ज भएका हुन् । यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । 
निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण
निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा निकोलस)लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेनजी आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दुरुपयोग भएको भनी उजुरी पर्न आएकोले सो विषयमा आफ्नो निर्वाचन प्रचारप्रसार गर्न अमुक व्यक्तिको जुत्ता प्रयोग गरेको हो वा होइन भनी...
चितवनमा हत्या आरोपमा पाँच जना प्रहरीको नियन्त्रणमा
चितवनमा हत्या आरोपमा पाँच जना प्रहरीको नियन्त्रणमा हत्यामा  संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउपर्नेमा बारा, जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँमा घर...
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्व्यन गराउन निर्देशन दिएको हो ।
राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत‚ माघ १८ देखि २१ गतेसम्म जापानमा रहने
राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत‚ माघ १८ देखि २१ गतेसम्म जापानमा रहने प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
दुर्गम क्षेत्रका मतपत्र तयार, नमूना पनि छापियो 
दुर्गम क्षेत्रका मतपत्र तयार, नमूना पनि छापियो  निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतपत्र छापिसकेर प्रत्यक्षतर्फको छपाइ सुरु गरेको जानकारी दिएको छ । 
Weather Update