पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द
आइतबार, कात्तिक ३०, २०८२
पूर्वसचिव अर्जुन कार्की पक्राउ
आइतबार, कात्तिक ३०, २०८२
नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
आइतबार, कात्तिक ३०, २०८२
डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ।
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
आइतबार, कात्तिक ३०, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।
राष्ट्रियसभा निर्वाचन कार्यतालिका: पुस २३ मा मनोनयन दर्ता‚ माघ ११ मा निर्वाचन
आइतबार, कात्तिक ३०, २०८२
राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
संसदीय निर्वाचन: माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची
आइतबार, कात्तिक ३०, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन तीन दिनको समय दिएको छ ।
मंसिरका लागि केही वाणिज्य बैंकहरूले घटाए ब्याजदर
आइतबार, कात्तिक ३०, २०८२
वाणिज्य बैङ्कहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैङ्कले ब्याजदर घटाएका छन् भने १० बैङ्कले ब्याजदर यथावत् राखेका छन् ।
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ
आइतबार, कात्तिक ३०, २०८२
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता
आइतबार, कात्तिक ३०, २०८२
सर्लाही जिल्लामा मतदाता नामावली दर्ता अभियानसँगै ५ हजार ६ सय भन्दा बढी नयाँ मतदाता थपिएका छन्। असोज १२ गतेदेखि सुरु भएको दर्ता प्रक्रिया हिजो शनिबार सम्म निरन्तर चलेको छ।
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत
आइतबार, कात्तिक ३०, २०८२
फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत गरिएको छ ।
धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने
आइतबार, कात्तिक ३०, २०८२
अनुदान लिनका लागी कृषक/निजि फर्म/समुह/कृषि सहकारीहरुले न्युनतम २० वटा वयस्क बाख्रा/भेडा पालेको हुनुपर्दछ । यस्तै, बिक्री भएको खसि/बोका वा भेडालाई न्युनतम ६ महिना पालेको हुनुपर्ने प्रावधान छ । गाउँपालिकाले पाडा/राँगाको मासुमा प्रतिकेजी २० रुपैँया अनुदान दिने पशु शाखाको कार्कीले बताए ।


