Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
फाइल तस्वीर

काठमाडौं - निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।

आयोगले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न सो आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी पृष्ठपोषणका लागि ‘वेबसाइट’मार्फत आज सार्वजनिक गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा सो मस्यौदामाथि आगामी मङ्सिर ७ गतेभित्र राय सुझाव दिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्था, आम नागरिक एवं सरोकारवालालाई आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update