काठमाडौं - पशुपतिनाथ क्षेत्र वरपर तीन दिन मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । प्रशासनले मंसिर १ गतेदेखि ३ गते अर्थात् तीन दिन सम्म पूर्ण रूपमा रोक लगाइएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको हो ।
सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।





