मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
आइतबार, माघ २५, २०८२
कसलाई मतदान गर्ने भनेर मतदाताको गोप्यता भंग नगर्न आग्रह
आइतबार, माघ २५, २०८२
सामाजिक सञ्जाललगायतको प्रयोग गरी सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भंग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ ।
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने
शनिबार, माघ २४, २०८२
‘जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ । विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायकपर्ने ठाउँमा पुगेर खोप लगाइने छ‚’ खत्रिले भने । खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन उनले...
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै
शनिबार, माघ २४, २०८२
विसं २०४८ को पहिलो आम निर्वाचनदेखि झापा–४ राजनीतिक रूपमा मुख्य रूपमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको छ । विगतका निर्वाचन परिणामले देखाउँछ कि परम्परागत दुई दल अझै बलिया छन्, तर नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ ।
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
शनिबार, माघ २४, २०८२
यसअघि गत पुुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
शनिबार, माघ २४, २०८२
निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
शनिबार, माघ २४, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिए ।
टी-२० विश्वकपः उद्घाटन खेलमा वेस्ट इन्डिजको विजयी सुरूआत
शनिबार, माघ २४, २०८२
स्कटल्यान्डलाई रोक्न वेस्ट इन्डिजका शेफर्डले घातक बलिङ गरे । उनले १७औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए । उनले दोस्रो बलमा म्याथ्यु क्रसलाई, तेस्रो बलमा माइलक लास्कलाई र चौथो बलमा ओलिभर डेविडसनलाई पभेलियनको दिशा देखाएका थिए ।
महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ
शनिबार, माघ २४, २०८२
सफाइबाट उठेको नकुहिने फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको उनले बताए । भष्मेश्वरघाटबाट ड्यामसम्मको वाग्मती किनारमा बढी फोहर देखिएकाले अधिकार सम्पन्न वाग्मती समितिले नै डोजर लगाएर सफाइ गर्ने सहमति भएको छ ।
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ?
शनिबार, माघ २४, २०८२
ओखलढुंगा जिल्ला नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित छ । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा दुबै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो ।
कसरी सुधार्न सकिन्छ स्वास्थ्य बीमा बोर्डको वित्तीय स्वास्थ्य ?
शनिबार, माघ २४, २०८२
संविधानले समाजवाद उन्मुख भनेको देशका नागरिकले आफ्नोसमेत सहभागितामा सहज स्वास्थ्य सेवा पाउनै पर्छ । त्यसको लागि स्वास्थ्य बिमा बोर्डलाई सुधार्नै पर्छ । वित्तीय रुपमा खुट्टा टेकाउनै पर्छ ।
प्रचारप्रसारमा जानुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
शुक्रबार, माघ २३, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ।
मतपत्र छपाइ अन्तिम चरणमा, धमाधम प्याकिङको काम
शुक्रबार, माघ २३, २०८२
निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ ।


