अहिले ५ बजेदेखि भोलि विहान ६ बजेसम्म वीरगञ्जमा निषेधाज्ञा

 

कामठाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ ।

आज साँझ ५ बजेदेखि भोलि विहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।

 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update