एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्।
नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ
नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ गएराति नेपालगन्ज—१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो । सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए।
अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । उक्त रिटमा भोलि सुनुवाइ हुने भएको छ ।
रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने
रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने आज बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार डिजिटल पालिका कार्यक्रम सञ्चालन गर्न रु ४९ लाख बजेट विनियोजन गरेर कार्यान्वयनको अख्तियारीसमेत प्राप्त भएको नगरप्रमुख धर्मराज शाहीले बताए।
रोङ गाउँपालिकामा पहिरो खस्यो‚ मेची राजमार्ग अवरुद्ध
रोङ गाउँपालिकामा पहिरो खस्यो‚ मेची राजमार्ग अवरुद्ध आज साँझ अचानक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले जानकारी दिए। अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उनले बताए।
रुपन्देहीमा एकै दिन एक करोडको अवैध सामान बरामद
रुपन्देहीमा एकै दिन एक करोडको अवैध सामान बरामद बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
ओली रिहाइको माग गर्दै एमालेको प्रतिवादः बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र
ओली रिहाइको माग गर्दै एमालेको प्रतिवादः बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र जेनजी आन्दोलन दबाएको भन्दै ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । त्यसैको विरोधमा एमालेले प्रदर्शन गर्दै देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई आज ज्ञापनपत्र बुझाएको हो ।
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई निर्देशन
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई निर्देशन मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सञ्चारमन्त्री डा. तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिएका हुन् ।
पूर्वमन्त्री खड्कालाई हप्ता दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
पूर्वमन्त्री खड्कालाई हप्ता दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति म्याद थप गर्नका लागि उनलाई आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।
आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने संकेत
आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने संकेत यस्तै, बहुवर्षीय दायित्व तथा बाँकी भुक्तानीलाई समेट्ने, कार्यक्रमहरूको लाभ–लागत विश्लेषण अनिवार्य गर्ने, विगतको वित्तीय तथा भौतिक प्रगति विवरण समावेश गर्ने विषयलाई पनि गम्भीरपूर्वक हेरिने आयोगले जनाएको छ । आगामी आवका लागि प्राप्त प्रस्तावहरूको प्राविधिक, आर्थिक तथा कार्यान्वयन पक्षको विस्तृत अध्ययन गरी आयोगले प्रतिवेदन तयार पार्नेछ । त्यसपछि उक्त प्रतिवेदन अर्थमन्त्रीसमक्ष...
सभापति लामिछानेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ  हुने
सभापति लामिछानेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आज पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। मङ्गलबारदेखि सुनुवाइ सुरु भए पनि नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।
९० दिनभित्र एक खर्ब ८८ अर्ब रुपैयाँ राष्ट्रियकरण गर्ने सरकारको तयारी, मिल्छ संविधान र कानुनअनुसार ?
९० दिनभित्र एक खर्ब ८८ अर्ब रुपैयाँ राष्ट्रियकरण गर्ने सरकारको तयारी, मिल्छ संविधान र कानुनअनुसार ? सरकारले अबको ९० दिनभित्रमा १ खर्ब ८८ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम राष्ट्रियकरण गरिसक्ने तयारी थालेको छ ।
Weather Update