भीमदत्त नगरपालिकाको योजनाः उच्च शिक्षा पढ्ने छोरीबुहारीलाईको छात्रवृत्ति

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षा हासिल गर्न चाहने छोरीबुहारीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अभावका कारण कोही पनि छोरी बुहारीहरु उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यविधि बनाएर नगरपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको हो ।

उच्च शिक्षा अध्ययनमा सहज पहुँच पुगाउन छोरीबुहारी, दलित, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गरिने भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिए । उनका अनुसार पालिकाले एमबिबिएस, सिभिल इन्जिनियर तथा प्राविधिक विषय र साधारण धारतर्फ अध्ययन गर्ने नगरपालिकाभित्रका छोरीबुहारीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।

‘यो शैक्षिक शत्रका लागि पालिकाले सुचना आह्वान गरेको छ,’ उनले भने, ‘गत वर्ष एमबिबिएस र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने कोही विद्यार्थी सम्पर्कमा आउनुभएन् ।’

शिक्षा शाखाका अनुसार छोरीबुहारी उच्च शिक्षाछात्रवृत्ति कार्यक्रमबाट  हालसम्म पाँच जनाले अध्ययन गरिरहेका छन् । आव २०७९/८० मा तीन जना छोरी बुहारीले छात्रवृत्तिबाट साधारण धारतर्फका विषयमा अध्ययन गरेका छन् । त्यसैगरी आव २०८०/८१ म दुई जनाले उक्त छात्रवृत्तिबाट अध्ययन गरिरहेका हुन् ।

एमबिबिएर र इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु सम्पर्कमा नआएपछि गत वर्ष बजेट फ्रिज भएको थियो । चालु शैक्षिक शत्रका लागि पनि पालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । एमबिबिएस अध्ययन गर्ने दुई जनालाई प्रतिव्याक्ति रु दुई लाख, इन्जिनियरिङ अध्ययन गर्ने तीन जनालाई रु एक लाख र अन्य विषय अध्ययन गर्ने छ जनालाई रु ५० हजार हरेक आवमा छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  २०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update