संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्ने

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागेको हो ।

छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाब  संकलन गरिने प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update