काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आउन अब केही मिनेट मात्रै समय बाँकी छ ।
अहिले सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्नेछ ।
मन्त्रिपरिषद बैठक लगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पुग्ने छन् । आज अपरान्ह ४ बजे दुबै सदनको संयुक्त बैठक बोलाइएको छ ।
संसदमा प्रवेश गर्नुअघि अर्थमन्त्रीले संसदको मुल गेटमा उभिएर पत्रकारहरुलाई फोटो र भिडियो खिच्न दिनेछन् ।
सो बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुईतिहाई मत ल्याएर सरकार गठन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो बजेट ल्याउन लागेको हो ।
यद्यपि, वालेन्द्र शाह पहिलो पटक प्रधानमन्त्री बनेका हुन भने डा. स्वर्णिम वाग्ले पनि पहिलो पटक अर्थमन्त्री बनेका हुन् । तर, रास्वपा भने यसअघि नै सरकारमा सहभागी भइसकेको थियो ।





