सकियो मन्त्रिपरिषद बैठक, बजेट सार्वजनिक गर्न संसद जादै अर्थमन्त्री

 

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्न बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । 

बैठकले बजेट स्वीकृत गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्री डा. वाग्लेले संसदको मुलगेटमा उभिएर फोटो र भिडियो खिच्न दिनेछन् । त्यसपछि संसदभित्र पसेर उनले बजेट पेश गर्नेछन् ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update