काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिकाले एउटा अनुकरणीय काम गरिरहेको छ । 

संघीय सरकारले प्रदान गर्ने नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीको खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय भान्साघर संचालन गरेर एक ठाउँमा खाजा बनाउने र नगरपालिकाभित्रका सबै सरकारी/सामुदायिक विद्यालयहरुमा वितरण गर्ने अवधारणा कार्यान्वयन भएको हो ।

विद्यार्थीलाई दिइने खाजाको गुणस्तर, एकरुपता र नियमित जस्ता विषयलाई एकै ठाउँबाट नियमन र सहजीकरण गर्न सहज होस भन्ने उदेश्यले केन्द्रीय भान्साघरको अवधारणा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताए ।

‘केन्द्रीय भान्साघरमा खाजा तयार हुन्छ । त्यो खाजा स्वस्थ्य, पोषणयुक्त र सन्तुलित भोजन होस भन्नका लागि सम्बन्धित विषयका विज्ञले खानाको परीक्षण गरेर विद्यार्थीलाई उपलब्ध गराउने उदेश्यले केन्द्रीय भान्साघर संचालन गरिएको हो । यसको लागि कार्यविधि नै बनाइएको पनि छ,’ प्रमुख प्रशासकीय अधिकृत घिमिरेले वडापालिकासँग भने ।

यो केन्द्रीय भान्साघर अवधारणामा कसरी काम गरिएको छ, यसमा के कस्ता संस्था वा संरचनाहरु सहभागी भएका छन्, विद्यार्थीले कसरी लिएका छन्, विद्यालयहरुको प्रतिक्रिया के कस्तो छ भन्ने जस्ता विषयमा वडापालिकाले मध्यपुरथिमि नगरपालिकाभित्रका बोडे मावि, गणेश मावि र आदर्श माविमा गएर विद्यार्थी तथा शिक्षक र प्रधानाध्यापकसँग भिडियो कुराकानी गरेको छ । यस्तै, यो कार्यक्रमको अवधारणा, यसका चुनौति र अव कसरी अघि बढाउने सोच नगरपालिकाले राखेको छ भन्ने जस्ता विषयमा मध्यपुरथिमि नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख वरिष्ठ विद्यालय निरीक्षक ज्ञानेन्द्र प्रसाद भट्टसँग पनि हामीले कुराकानी गरेका छौं ।

बाँकी तलको भिडियोबाट

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update