मध्यपुरथिमिका भैलगुरु श्रीगोपाल प्रजापतिको ९८ वर्षको उमेरमा निधन
काठमाडौँ । मध्यपुर थिमि नगरपालिकाका भैलगुरु श्रीगोपाल प्रजापतिको निधन भएको छ । ९८ वर्षीय प्रजापतिको निमोनियाको कारण निधन भएको परिवारले जनाएको छ ।
उनको आज (असोज ७ गते) कोरियन अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएको हो ।
स्वर्गीय प्रजापतिको ३ र २ छोरी छन् ।
प्रजापतिले थिमि कला परिषदमा आवद्ध भएर नेवारी कला र संस्कृतिको विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले महाकाली, भैल (भैरव), अष्टमातृका लगायतका नृत्य र बाजा बजाउन सिकाउने गरेका थिए । प्रजापति मध्यपुर थिमि नगरपालिका–७, मिलरोडमा बस्ने गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०८३ १३:२४
प्रतिक्रिया दिनुहोस्




