काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले उपमहासचिव प्रकाश दुलालले अनर्गल र कपोलकल्पि प्रचार गरेको जानकारी दिएको छ ।
इप्पान अध्यक्ष गणेश कार्कीले एक विज्ञप्ति जारी गरी उपमहासचिव दुलालले सार्वजनिक रुपमा विधान गायब भएको, विधान विपरित साधारणसभा आयोजना गर्न लागिएको जस्ता अनर्गल र कपोलकल्पित प्रचार गरेको भन्दै सोको घोर भत्र्सना गरिएको छ ।
‘इप्पानकै उपमहासचिव रहनु भएका प्रकाशचन्द्र दुलालले सार्वजनिक रुपमा विधान गायब भएको, विधान विपरित साधारणसभा आयोजना गर्न लागिएको जस्ता अर्नगल र कपोलकल्पित प्रचार गरेकोले यस संस्थाप्रति उक्त कार्यले नकारात्मक सन्देश जाने भएकोले सोको घोर भत्र्सना गर्दछौ । साथै सम्पूर्ण ऊर्जा व्यवसायीहरुको साझा संस्था इप्पान विधानको परिपालनामा गम्भीर भएकोले यस्ता आरोपहरुको जोडदार खण्डन गर्दछ,’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विधान विवादको पृष्ठभूमि
इप्पानको २०८० साल जेष्ठ ३२ गते सम्पन्न २१ औ बार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । सो समितिले २०८२ साल जेष्ठ २९ गते विधानको पुनर्लेखन सम्बन्धमा संस्थालाई महासंघको रुपमा रुपान्तरण गर्ने मस्यौदासहितको सुझाव पेश गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।
उक्त समितिको प्रतिवेदनमाथि २०८२ साल असार ३१ गते सम्पन्न छलफलले इप्पानको २३औं बार्षिक साधारणसभाले सोको कार्यान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएको थियो । अध्यक्षले उक्त महासंघ बनाउन नसक्ने गरी २०८३ साल बैशाख ४ गते सम्पन्न २००औं कार्य समितिको बैठकले इप्पानको विधान २०७८ अनुसार २४औं बार्षिक साधारणसभा एवं आठौं अधिवेशन गर्ने निर्णय गरेको थियो ।
२०८३ साल जेष्ठ २५ गते सम्पन्न २०३ औ बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी आगामी २०८३ साल जेष्ठ २९ गते हुने २४औं बार्षिक साधारणसभाका लागि बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र विधान संशोधन भए पश्चात एक कार्यकाल कार्य समितिमा रहेका विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजाने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम प्रस्ताव लैजान लागिएको जानकारी अध्यक्ष कार्कीले दिएका छन् ।
बैठकले सर्वसम्मत रुपमा सबै चुनावी प्रक्रियामा सहभागी भई २४औं बार्षिक साधारणसभा एवं आठौ अधिवेशन भव्य रुपमा सफल बनाउने निर्णय गरिएको थियो ।
२०८३ साल बैशाख ४ गते सम्पन्न बैठकले सर्वसम्मतबाट आगामी २४औं साधारणसभा एवं आठौ अधिवेशन गर्ने निर्णय कार्य समितिले गरेको तथा समितिले विधान मस्यौदाबारे सबै व्यक्तिहरु (छलफलको क्रममा औपचारिक रुपमा १५ जना) ले दिएको सुझावसहितको पोखरेल संयोजकत्वको विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।
‘सुझावसहितको पोखरेल संयोजकत्वको विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको अवस्थामा इप्पानकै उपमहासचिव रहनु भएका श्री प्रकाशचन्द्र दुलालले सार्वजनिक रुपमा विधान गायब भएको, विधान विपरित साधारणसभा आयोजना गर्न लागिएको जस्ता अर्नगल र कपोलकल्पित प्रचार गरेकोले यस संस्थाप्रति उक्त कार्यले नकारात्मक सन्देश जाने भएकोले सोको घोर भत्र्सना गर्दछौ । साथै सम्पूर्ण ऊर्जा व्यवसायीहरुको साझा संस्था इप्पान विधानको परिपालनामा गम्भीर भएकोले यस्ता आरोपहरुको जोडदार खण्डन गर्दछ,’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इप्पानले आगामी २०८३ साल जेष्ठ २९ गते कार्य समितिको निर्णय बमोजिम र वैधानिक रुपमा साधारणसभा एवं आठौं अधिवेशन आयोजना गर्न लागिएको तथा यसका लागि औपचारिक रुपमा २०८३ साल जेष्ठ ९ र १० गते सार्वजनिक रुपमा सूचना समेत प्रकाशित गरिसकिएकोले यस्ता अर्नगल प्रचारप्रति भ्रममा नरहन तथा साधारणसभा एवं अधिवेशनलाई भव्य रुपमा सफल पार्न सक्रिय रुपमा सहभागी हुन उनले सबैलाई अनुरोध पनि गरेका छन् ।





