काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिको दोस्रो बैठकले भिजन २०२९ का ५० बुँदा पारित गरेको छ ।
अध्यक्ष मोहन डाँगीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिको दोस्रो बैठक काभ्रेको धुलिखेलमा बसेको हो । बैठकले इप्पान भिजन २०२९ का ५० बुँदे कार्ययोजना पारित इप्पान र यसका सदस्यहरूको गरिमा तथा विश्वासिलो पहिचान निर्माण गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखी इप्पानमा आवद्ध सदस्यहरुको नीति निर्माण र प्रभावकारी कार्यान्वयनमार्फत भोग्दै आएका र भोग्ने समस्याहरुको समाधान सहित हक हित र लगानीलाई संरक्षण गर्नको लागि इप्पान भिजन २०२९ अन्तर्गत ५० बुँदे कार्य योजना पारित गर्ने निर्णय गरेको महासचिव टिएन आचार्यले जानकारी दिए ।
बैठकमा अध्यक्ष डाँगीले इप्पान स्पष्ट भिजन र कार्ययोजनासहित ऊर्जा क्षेत्रको विकास र निजी क्षेत्रको प्रवद्र्धनका लागि अग्रसर हुने बताउँदै यसका लागि धुलिखेलमा सम्पन्न बैठकबाट चयन हुनु भएका सल्लाहकार र विज्ञ सल्लाहकारहरुसँग सल्लाह सुझाव लिएर इप्पानले गठन गरेका विभिन्न समिति तथा उप समितिहरु सक्रिय भई लाग्ने बताए । उनले इप्पानलाई बलियो, सक्षम र सबल संस्था बनाउन योजनावद्ध र एकतावद्ध भई अग्रसर हुन सम्पूर्ण कार्य समितिलाई आग्रह पनि गरे ।
इप्पानको ५० बुँदे कार्ययोजना
क. विद्युत खरिद सम्झौता (पीपीए) र यसमा सुधार
१. अन्तर्राष्ट्रिय मापदण्ड बराबर हाइड्रोलोजीको प्रावधानसहित बैंकेबल पीपीएको मस्यौदा तयार गर्ने तथा नेपाल विद्युत प्राधिकरणलाई अपनाउन पहल गर्ने ।
२। स्टोरेज तथा पम्प स्टोरेज परियोजनाका लागि छुट्टै र उचित दर तोक्न पहल गर्ने ।
३. नेपाल विद्युत प्राधिकरणमा पीपीएका लागि आवेदन दिएर रोकिएका १६ हजार मेगावाट क्षमता बराबरका आयोजनाको पीपीए तत्काल खुलाउन पहल गर्ने।
४. आन्तरिक खपत बढाउन औद्योगिक ग्राहकलाई सस्तो दर उपलब्ध गराउन पहल गर्ने तथा अफपिक प्राइसिङको लागि पहल गर्ने ।
५. निजी आयोजनाको ग्रिड जडान प्रक्रियालाई सहज र सरल तथा भेदभावरहित बनाउन पहल गर्ने ।
६. नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइन ढिलाईको कारण लगानीकर्तालाई हुने क्षति रोक्न क्षतिपुर्तिको व्यवस्था गराउन पहल गर्ने ।
७। मूल्य वृद्धिदरका आधारमा पीपीए दर पुनरावलोकन गर्न पहल गर्ने ।
८। नेपाल विद्युत प्राधिकरणले विद्युत नलिएमा लगानीकर्तालाई क्षतिपूर्ति दिने व्यवस्था गर्न पहल गर्ने ।
९। पीपीएको प्रकृयालाई सरलीकरण र सहजीकरण गर्न पहल गर्ने ।
१०. पीपीएलाई प्रसारण लाइनसँग जोडेर कन्टिजेन्सी तथा तथा टेक एण्ड पे पीपीए बनाउने प्रवृत्तिको अन्त्यका लागि पहल गर्ने ।
ख. नीतिगत तथा कानुनी सुधार
११। संसदमा विचाराधीन विधेयकलाई निजी क्षेत्र मैत्री बनाउन तथा १ बर्षभित्र पारित गराउन पहल गर्ने।
१२. वन जग्गा प्राप्ति र रुख कटान प्रक्रिया एक वर्षभित्र सक्ने व्यवस्था मिलाउने तथा सनसेट ल ल्याउन पहल गर्ने ।
१३. निजी क्षेत्रले प्रसारण लाइन निर्माण गर्न पाउने नीतिगत निर्णय गरी लागू गराउन पहल गर्ने ।
१४. एउटै नदी करिडोरको सबै आयोजनाका लागि साझा प्रसारण लाइन निर्माण गर्न पाउने व्यवस्था गर्न पहल गर्ने ।
१५. छिमेकी मुलुकसँग विद्युत व्यापारका लागि स्पष्ट निर्देशिका तथा विद्युत व्यापारको अनुमतीपत्र दिन पहल गर्ने ।
१६. विद्युत आयोजनाका लागि जग्गा प्राप्ति सहज बनाउन भूमि ऐन संशोधन गर्न पहल गर्ने (सनसेट ल मार्फत) ।
१७. आयोजनाको सुरक्षाका लागि छुट्टै सुरक्षा रणनीतिको लागि गृह मन्त्रालयमार्फत पहल गर्ने ।
१८. साइलेन्स इज कन्सेन्ट जस्ता व्यवस्थाहरू लागू गरी अनावश्यक ढिलाइ रोक्न पहल गर्ने ।
१९. विस्फोटक पदार्थ तथा विभिन्न इलेक्ट्रोमेकानिकल सामान आयात गर्दा लाग्ने समय तथा झन्झट हटाउन पहल गर्ने ।
२०. स्वपूँजीमा प्रतिफलको सीमालाई लगानीमैत्री बनाउन पहल गर्ने।
ग. लगानी तथा वित्तीय सुधार
२१. जलविद्युत क्षेत्रका लागि विशेष ऊर्जा कोष स्थापना गर्न अर्थ मन्त्रालय तथा राष्ट्र बैकमार्फत पहल गर्ने।
२२. ग्रीन बन्ड र जलवायु वित्त तथा वैदेशिक र मिश्रित लगानीको पहुँच विस्तार गर्न अर्थ मन्त्रालय तथा राष्ट्र बैकमार्फत पहल गर्ने।
२३. ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ९ प्रतिशतभन्दा कम ब्याजमा ऋण उपलब्ध गराउन पहल गर्ने।
२४. नियामक निकायसँग समन्वय गरी हकप्रद सेयर निष्कासन सहज बनाउन पहल गर्ने।
२५. रुग्ण तथा साना जलविद्युत आयोजनाका लागि विशेष पुनर्कर्जा प्याकेज घोषणा गर्नको लागि राष्ट्र बैकसँग समन्वय गर्ने ।
२६. निर्माण सम्पन्न आयोजनाको कन्टिन्जेन्सी प्रावधान सबै आयोजनामा पूर्ण खारेजी गर्न पहल गर्ने।
२७. ऊर्जा आयोजनामा दोहोरो कर तथा अनावश्यक शुल्क हटाउन पहल गर्ने।
२८. परियोजनाको नगद प्रवाह तथा पिओर प्रोजेक्ट फाइनान्सिङका आधारमा ऋण उपलब्ध हुने व्यवस्था विस्तार गर्ने।
२९. आयोजनाका लागि किफायती र व्यापक बीमाको व्यवस्था गर्ने।
३०. निर्माण सामग्रीमा भ्याट छुट वा फिर्ता र कर प्रोत्साहनको व्यवस्था गर्ने।
घ. प्रसारण तथा पूर्वाधार निर्माण
३१. प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाई ग्रिड पहुँचलाई सरल र विकासकर्तामैत्री बनाउनुका साथै सार्वजनिक–निजी साझेदारी मोडलमा निजी क्षेत्रलाई प्रसारण लाइन बनाउन दिन पहल गर्ने ।
३२. न्यायोचित र वैज्ञानिक ह्वीलिङ चार्जको व्यवस्था गर्न पहल गर्ने ।
३३. भारत र बंगलादेशसम्म प्रसारण लाइन निर्माणलाई तीव्रता दिन पैरवी गर्ने ।
३४. प्रसारण पूर्वाधारका लागि निजी क्षेत्रमार्फत दीर्घकालीन वित्तीय स्रोत, हरित वित्त तथा पूर्वाधार कोष परिचालन गर्न पहल गर्ने ।
३५. प्रसारण लाइन निर्माण र व्यवस्थापनका लागि लगानीकर्ताहरुलाई क्षमता र दक्षता वृद्धि गर्ने गरी विभिन्न अभिमुखीकरण, तालिम लगायत आयोजना गर्ने ।
ङ. खपत र ऊर्जा विविधीकरण
३६. उद्योगलाई सस्तो बिजुली दिई मेड इन नेपाल उत्पादनलाई प्रतिस्पर्धी बनाउन पहल गर्ने ।
३७. विद्युतीय सवारी चार्जिङ पूर्वाधार विस्तार गरी विद्युत सवारीलाई प्रोत्साहन तथा नाडालगायतका विद्युतीय सवारी साधनको क्षेत्रका संस्थाहरुसँग कार्यगत एकता गर्ने ।
३८. एलपीजी र डिजेलको सट्टा विद्युतीय खाना पकाउने तथा औद्योगिक प्रयोग बढाउन पहल गर्ने ।
३९. ग्रिड स्थायित्वका लागि ब्याट्री स्टोरेजलाई प्राथमिकता दिन पहल गर्ने ।
४०. हरित हाइड्रोजनको अनुसन्धान र पायलट परियोजना सञ्चालन गर्ने।
च. वातावरणीय तथा सामाजिक उत्तरदायित्व
४१. २०० मेगावाटभन्दा कमका आयोजनालाई आइइई गरे हुने गरी पहल गर्ने ।
४२. वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको समयसीमा ३–५ महिनाभित्र सक्ने गरी सनसेट ल ल्याउन र लागू गर्न पहल गर्ने ।
४३. आयोजना निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापनको क्रममा प्रभावित क्षेत्रका स्थानीयबासीका लागि सिपमूलक तालिम लगायत गर्न पहल गर्ने ।
४४. संरक्षण क्षेत्र र बफर जोनको स्पष्ट सीमांकन गर्ने तथा को–एक्जिस्ट सिद्धान्त अनुरुप आयोजना बनाउन दिन पहल गर्ने।
४५. कार्बन व्यापार र जलवायु उत्सर्जन न्यूनीकरणलाई प्रोत्साहन गर्ने।
छ. इप्पानको संस्थागत सुदृढीकरण तथा गरिमा निर्माण
४६. इप्पानलाई अनुसन्धान एवं विकास तथा थिङ्क ट्याङ्क संस्थाको रुपमा विकास गर्ने । साथै निजी क्षेत्रले ऊर्जा विकासमार्फत आर्थिक र सामाजिक क्षेत्रमा दिएको योगदानबारे अध्ययन गरेर सार्वजनिक गरी मुलुकको समृद्धिका लागि पुर्याएको योगदानबारे उजागर गर्ने ।
४७. इप्पानका निर्णय प्रक्रिया, लगानीकर्ताहरूको हकहित र सरकारसँगको समन्वयबारे पारदर्शी रूपमा जानकारी सार्वजनिक गर्ने। सदस्यहरूको समस्या समाधानको उदाहरण नियमित रूपमा प्रकाशित गर्ने तथा इप्पानलाई समाधान दिने संस्थाको रुपमा उजागर गर्ने ।
४८. संचार रणनीतिसहित पैरवी रणनीति निर्माणमार्फत व्यवस्थित रुपमा सार्वजनिक गरिमाका लागि आन्तरिक तथा बाह्य प्रतिष्ठित संस्थाहरु र व्यक्तित्वहरुको सहयोगमा गरिमा अभिबृद्धि अभियान गर्ने तथा ब्रान्डिङ रणनीतिसहित आधिकारिक ब्रान्डिङ (लोगो, वेबसाइट, न्युज बुलेटिन/लेटर, म्यागजिन) सुदृढ गर्ने। सफल परियोजना र उत्कृष्ट सदस्य कम्पनीहरूको कथा प्रचार गरी क्षेत्रको गरिमा बढाउने।
४९. राष्ट्रिय, अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन, व्यापार मेला, तथा लगानी गोष्ठीहरूमा इप्पानको पहल र सदस्यहरूको सामूहिक प्रगति देखाउने। नेपालको ऊर्जा क्षेत्रको सकारात्मक छवि विश्वमाझ प्रस्तुत गर्ने।
५०. सबै कार्य समिति सदस्यहरूका लागि आचारसंहिता लागू गर्ने र सदस्य कम्पनीहरूले पालना गर्नुपर्ने व्यावसायिक नैतिकता एवं सामाजिक उत्तरदायित्वका मापदण्ड निर्धारण गर्ने। जसले गर्दा इप्पान र यसका सदस्यहरूको गरिमा स्वतः उच्च रहोस्।
ख. विभिन्न समिति र उप समितिहरु गठन
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० ले उठाउँदै आएका र आगामी दिनमा उठाउने ऊर्जासँग सम्बन्धित विषयवस्तुहरुबारे इप्पानको आफ्नो नीति निर्माण र कार्यान्वयनका लागि स्पष्ट धारणासहित कार्ययोजना निर्माण गरी विभिन्न गतिविधिहरु अघि बढाउन संस्थाको विधानको परिच्छेद ५ दफा १९ को ‘छ’ अनुसार कार्य विभाजन गरी विभिन्न समिति तथा उप समितिहरु निम्न अनुसार गठन गर्ने निर्णय गरियो । समिति तथा उप समितिका संयोजकज्यूहरुले १५ दिनभित्र टर्मस् अफ रेफरेन्स (टिओआर) पेश गर्ने निर्णय पनि कार्य समितिले गरेको छ ।
१. नीति निर्माण तथा विद्युत व्यापार समिति
संयोजकः उत्तम ब्लोन लामा
सदस्यहरुः विक्रम बिष्ट, हिमप्रसाद पाठक, नरेन्द्रवल्लव पन्त, सुसन कर्माचार्य, उत्तर कुमार श्रेष्ठ, टिएन आचार्य, अनुप आचार्य र जगत बहादुर पोखरेल
२. ऊर्जा मन्त्रालय तथा भवन निर्माण समिति
संयोजकः नरेन्द्रबल्लभ पन्त
सदस्यहरुः टिएन आचार्य, शंकर बस्याल, अनुप आचार्य र नारायण कडेंल
३. नेपाल विद्युत प्राधिकरण समन्वय समिति
संयोजकः उत्तरकुमार श्रेष्ठ
सदस्यहरुः सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र जगदिश शिवाकोटी
४. धितोपत्र तथा नेप्से समन्वय समिति
संयोजकः हिमप्रसाद पाठक
सदस्यहरुः कबिता पोखरेल, सुमनकुमारी जोशी र कदम केसी।
५. विद्युत विकास विभाग समन्वय समिति
संयोजकः विक्रम विष्ट
सदस्यहरुः कुबेरमणी नेपाल, संगीता धमला र जगत बहादुर पोखरेल
६. वन, वातावरण तथा भूमिसुधार समन्वय समिति
संयोजकः सुसन कर्माचार्य
सदस्यहरुः बिजय मोहन भट्टराई, शंकर बस्याल र प्रतिमा ज्ञवाली
७. सोलार, हाइड्रोजन, कार्बन व्यापार तथा फ्राईडे फोरम समिति
संयोजकः कुबेरमणि नेपाल
सदस्यहरुः जगत बहादुर पोखरेल, ज्योती गैरे, मिलन खड्का र वर्णन लामिछाने
८. बैक, वित्तिय संस्था तथा बिमा समन्वय समिति
संयोजकः सुमनकुमारी जोशी
सदस्यहरुः बिजय मोहन भट्टराई, कदम केसी र नारायण कडेंल
९. विद्युत नियमन आयोग समन्वय उपसमिति
संयोजकः बलराम खतिवडा
सदस्यहरुः कृष्ण घिमिरे ९अरु सदस्यहरु पछि मनोनयन गर्ने०
१०. प्रदेश, संगठन तथा सचिवालय समिति
संयोजकः टिएन आचार्य
सदस्यहरुः कविता पोखरेल, बिजय मोहन भट्टराई, कुबेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी र ईशा श्रेष्ठ
११. महिला समिति
संयोजकः कविता पोखरेल
सदस्यहरुः अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ, ज्योती गैरे, प्रतिमा ज्ञवाली र संगीता धमला
१२. लेखा तथा कोष समिति
संयोजकः शंकर बस्याल
सदस्यहरुः नारायण कडेंल, जगदिश शिवाकोटी र मिलन खड्का
१३. आचार संहिता तथा सुशासन उपसमिति
संयोजकः प्रकाशचन्द्र दुलाल
सदस्यहरुः दिपक पौडेल ९अरु सदस्यहरु पछि मनोनयन गर्ने०
१४. प्राविधिक समन्वय उपसमिति
संयोजकः कदम केसी
सदस्यहरुः ९६ जना दक्ष सिभिल, ईलेक्ट्रिकल र मेकानिकल ईञ्जिनियरहरु पछि मनोनयन गर्ने०
१५. अन्तर्राष्ट्रिय सम्बन्ध तथा इभेण्ट व्यवस्थापन उपसमिति
संयोजकः आनन्द चौधरी
सदस्यहरुः अभिज्ञा मल्ल, सन्तोषकुमार नेपाल, सोमनाथ कडेंल, बाबुराम थापा, ईन्दिरा पन्त, यज्ञ सुवेदी, रामप्रसाद आचार्य र इ.मोहिता डाँगी
१६. युवा ऊर्जा उद्यमी उपसमिति
संयोजकः वर्णन लामिछाने
सदस्यहरुः ९ऊर्जा क्षेत्रका सक्रिय ८ जना युवा उद्यमी पछि मनोनयन गर्ने०
ग. सल्लाहकार र विज्ञ सल्लाहकार गठन
कार्य समिति बैठकले इप्पानको सल्लाहकार र विज्ञ सल्लाहकार समितिमा ऊर्जा क्षेत्रमा योगदान दिनु भएका विभिन्न व्यक्तित्वहरुलाई संस्थानको विधानको परिच्छेद ९ को (१) अनुसार निम्न अनुसारको ११ सदस्यीय सल्लाहकार समिति र ९ सदस्यीय विज्ञ सल्लाहकार समिति गठन गर्ने निर्णय गरेको छ ।
क. सल्लाहकार समिति
प्रमुख सल्लाहकारः गणेश कार्की
सल्लाहकारहरुः उमेश श्रेष्ठ, बटु लामिछाने, रघुनाथ पुरी, केशव रायमाझी, भरत बहादुर खत्री, ज्ञानेन्द्रलाल प्रधान, शुशिल थापा, कृष्णप्रसाद भण्डारी, पुष्पज्योति ढुगांना र दिनेश गुरुङ
ख. विज्ञ सल्लाहकार समिति
प्रमुख विज्ञ सल्लाहकारः दिनेश कुमार घिमिरे
विज्ञ सल्लाहकारहरुः अनुप उपाध्याय, डा। सन्दिप शाह, मनोज कुमार गोयल, कुमार पाण्डे डा। आत्माराम घिमिरे, डा। छत्रबहादुर बस्नेत, अरुण सुवेदी र नारायण प्रसाद पौडेल
घ. हिमालय हाइड्रो एक्पो आगामी माघमा गर्ने निर्णय
कार्य समितिले नियमित रुपमा आयोजना गर्दै आएको इप्पान मुख्य कार्यक्रम हिमालय हाइड्रो एक्स्पो आगामी २०८३ साल माघ २, ३ र ४ गते अर्थात १६, १७ र १८ जनवरी, २०२७ सालमा काठमाण्डौस्थित भृकृटीमण्डपमा आयोजना गर्ने निर्णय गरेको छ । यो एक्स्पोको पाँचौ संस्करण हो । यसअघि सन् २०१८, २०१९, २०२२ र २०२४ मा हिमालय हाइड्रो एक्स्पो आयोजना गरिएको गरिएको थियो ।





