छायाँनाथ रारा नगरपालिकाले किन बोलायो बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई ?

 

काठमाडौँ । मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाले बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई नगरपालिकाको सभाहलमा बोलाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले पत्राचार गरी जेठ २८ र २९ गते विहान १० बजे नगरपालिकाको सभाहलमा आउन भनेका हुन् ।

‘छायानाथ रारा नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा आन्तरिक रोजगारी प्रवर्द्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई २ दिने स्वरोजगार तथा उद्यम विकास तर्फ प्रोत्साहन गर्ने उद्देश्यले उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने भएकाले नगरपालिकाभित्रका सम्पूर्ण वैदेशिक रोजगारीबाट फर्किएका रिटनीहरुलाई सहभागी हुन जानकारी गराइन्छ,’ नगरपालिकाले लेखेको पत्रमा उल्लेख छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update