बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ९९ करोड रुपैयाँको बजेट, विकास बजेट कति ?

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ९९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले बुधबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा कुल खर्चमध्ये ५२ प्रतिशत चालु तथा ४८ प्रतिशत पुँजीगत खर्च रहने अनुमान गरिएको छ।

बजेटमा सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ।

स्रोत व्यवस्थापन

स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट समानीकरण अनुदान २९ करोड २२ लाख रुपैयाँ, सशर्त अनुदान (चालु) ५० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान (पुँजीगत) ७ करोड ४ लाख रुपैयाँ, विशेष अनुदान ९० लाख रुपैयाँ तथा समपूरक अनुदान २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३ लाख ६५ हजार रुपैयाँ, सशर्त अनुदान (चालु) ५६ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान (पुँजीगत) १ करोड ७३ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ तथा विशेष अनुदान २० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

सङ्घीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार रुपैयाँ र प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ राजस्व बाँडफाँडअन्तर्गत प्राप्त हुने अनुमान गरिएको छ।

उपमहानगरले आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update