निर्माण व्यवसायीलाई भेट्दै प्रधानमन्त्री शाह, कति बजेलाई तय भयो समय ?

 

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग संवाद गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार सो संवाद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुनेदेखि सुरु हुनेछ । 

उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहले हिजोदेखि मात्रै निजी क्षेत्रसँग संवाद थालेका हुन् । असार २४ गते (हिजो) प्रधानमन्त्री शाहले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिसँग भेट गरेका थिए ।

सो भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । 

 

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update