कान्तिपुर पब्लिकेसन्सको गेटमा छोडिएको गाडी गरुडा नगरपालिकाका मेयरको छोराको

काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवार (जैसवाल) का छोरा रवि जयसवालले चढ्ने गरेको खुलेको छ ।

सो गाडी रविले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर बिक्रेता एसटी मोटर्सको नामबाट नामसारी नभइसकेको भेटिएको हो ।

मेयर जैसवालले करिब एक महिना अघिमात्रै उक्त गाडी खरिद गरिएको जानकारी दिए ।

उनका अनुसार, कहिले छोरा र कहिले चालकले गाडी चलाउने गरेका थिए ।

मेयर जैसवालका छोरा रवि केहीसमय अघिमात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका थिए । बाबु कन्थमणि भने नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए ।

रास्वपाले गत जेठ ८ गते उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो ।

उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले मनोनीत गरेका थिए । प्रहरीले ती गाडीहरू क्रेनको मद्दतबाट उठाइसकेको छ । 

सो गाडी सोमबार विहान सात बजेतिर कान्तिपुर पब्लिकेसन्सको गेटमा सवारी आवागमन नै अबरुद्ध हुने गरी रोकेर राखिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update