लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै ९० दिनभन्दा बढि  कार्यलयमा अनुपस्थित रहेका सहसचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारीसमेत प्राप्त नभएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ  उनी २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित रहेका भनिएको छ । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।

यद्यपि, मन्त्रालयले ती सहसचिवको नाम भने गोप्य नै राखेको छ ।

मन्त्रालयले कार्यालयमा अनुपस्थित, विदेशमा बसोबास गरिरहेका र लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update