महिला उद्यमी महासङ्घका प्रतिनिधिसँगकाे  छलफलमा प्रधानमन्त्री शाह

 

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  छलफल गरेका छन् ।

बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

उनका अनुसार छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update