प्रधानमन्त्री शाहले आज हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे छलफलको कार्यक्रम तय भएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी सहभागी हुने तय भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०८३ १०:२३
प्रतिक्रिया दिनुहोस्




