कोशी प्रदेश सरकारले बोलायो सर्वदलीय बैठक, यस्ता छन् एजेण्डा
काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठक बोलाएका छन् । मुख्यमन्त्री कार्कीले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न असामान्य परिस्थितिलाई लिएर सर्वदलीय बैठक बोलाएका हुन् ।
बैंक दिउँसो साढे १२ बजे बजेको लागि बोलाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हलमा बैठक बस्नेछ । बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सांसद र राजनीतिक दलका प्रदेशस्तरीय नेता सहभागी हुने मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्ने तथा प्रदेश सरकारको उपस्थिति प्रभावकारी बनाउने बारे छलफल हुने छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ ११:१४
प्रतिक्रिया दिनुहोस्




