दुधौली नगरपालिकाले सक्यो जग्गाको वर्गीकरण, खुल्यो कित्ताकाट

 

काठमाडौँ । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा जग्गा वर्गीकरणको काम सम्पन्न भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भूउपयोग ऐन र नियमावली अनुसार जग्गाको वर्गीकरणको काम सम्पन्न भएको जानकारी दिए । नगरपालिकाभित्रको जग्गा १० वर्गमा वर्गीकरण गरिएको छ ।

जग्गा वर्गीकरणको काम सम्पन्न नहुँदा जग्गाको कित्ताकाट रोकिएको थियो । वर्गीकरण सम्पन्न भएसँगै कित्ताकाट पनि खुल्ला भएको छ ।

नगरपालिकाले सार्वजनिक सुचना प्रकाशन गरी साउन २२ गतेदेखि कित्ताकाट खुल्ला भएको जानकारी दिएको छ ।

‘भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ बमोजिम यस दुधौली नगरपालिका अन्तर्गतको जग्गाहरुको १० क्षेत्रमा वर्गीकरण गर्ने काम सम्पन्न भई सकेको हुँदा आजका मितिदेखि लागु हुने गरी दुधौली नगरपालिका क्षेत्रभित्रका जग्गाहरुको कित्ताकाट गर्ने कार्य सुचारु भएको व्यहोरा सरोकारवाला सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ नगरपालिकाले साउन २२ गते प्रकाशन गरेको सुचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update