काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८२र८३ को आर्थिक कारोबारको लेखापरीक्षणका लागि पहिलो चरणमा ४४ जिल्लाका संघ, प्रदेश तथा स्थानीय तहका कार्यालयमा लेखापरीक्षण टोली खटाएको छ।
कार्यालयले भदौ ५ गते ती ४४ जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरुमा टोली खटाइएको जानकारी दिएको हो ।
कार्यालयले लेखापरीक्षणका क्रममा सम्पादन भइरहेका आर्थिक कारोबारसम्बन्धी सूचना तथा जानकारी र लेखापरीक्षण टोलीको कार्यसम्पादनका विषयमा कुनै सुझाव वा गुनासो भएमा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। यसका लागि टोल फ्री नम्बर १८१०५००००६१ वा इमेलमार्फत सूचना तथा गुनासो पठाउन सकिने जनाएको छ।
महालेखापरीक्षकको कार्यालयका अनुसार पहिलो चरणमा लेखापरीक्षण हुने जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, झापा, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, बागलुङ, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, अर्घाखाँची, रुकुम ९पूर्वी भाग०, रोल्पा, प्युठान, रुकुम ९पश्चिम भाग०, सल्यान, डोल्पा, जुम्ला, मुगु, कालिकोट, जाजरकोट, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर रहेका छन्।
कार्यालयले लेखापरीक्षणलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन लेखापरीक्षणका क्रममा देखिएका विषयमा सम्बन्धित पक्षबाट आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउनसमेत आग्रह गरेको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक स्रोतको उपयोग, आर्थिक अनुशासन तथा सरकारी निकायको वित्तीय जवाफदेहिताको परीक्षण गर्दै आएको छ। यस क्रममा लेखापरीक्षणबाट देखिएका बेरुजु, अनियमितता तथा सुधार गर्नुपर्ने विषयलाई प्रतिवेदनमार्फत औंल्याउने गरिन्छ।



