बेरुजुमा प्रदेशलाई जितेर संघलाई पछ्याउदै स्थानीय सरकार, २ अर्ब रुपैयाँ असुल गर्नुपर्ने

 

काठमाडौँ । स्थानीय सरकारहरुको बेरुजु १९ अर्ब रुपैयाँ नाघेको छ । 

महालेखा परीक्षकको कार्यालयले देशभरका ७५३ स्थानीय सरकारको आर्थिक वर्ष २०८१/८२ सम्म १९ अर्ब ५ करोड रुपैयाँ बेरुजु रहेको उल्लेख गरेको छ । महालेखा परीक्षकको कार्यालयले ६३ औं वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।

सो प्रतिवेदन अनुसार स्थानीय तहको कूल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ छ ।

यसमध्ये असुल गर्नुपर्ने २ अर्ब १ करोड, नियमित गर्नुपर्ने १५ अर्ब १८ करोड र पेश्की १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । 

यद्यपि, प्रदेश सरकारहरुको बेरुजु भने स्थानीय सरकारहरुको भन्दा कम छ । महालेखाका अनुसार ७ प्रदेशको कूल बेरुजु भने ५ अर्ब २२ करोड रुपैयाँ छ ।

प्रदेश सरकारको कुल बेरुजुमध्ये ५२ करोड असुल गर्नुपर्ने र ३ अर्ब ७५ करोड नियमित गर्नुपर्ने प्रकृतिको बेरुजु रहेको छ । पेश्की रकम ९४ करोड रुपैयाँ रहेको छ ।

संघीय सरकारको कूल बेरुजु ५३ अर्ब ४८ करोड रुपैयाँ छ ।

संघ सरकारको कुल बेरुजुमध्ये असुल गर्नुपर्ने २६ अर्ब ५० करोड र नियमित गर्नुपर्ने २५ अर्ब ४४ करोड रुपैयाँ छ । पेश्की भने १ अर्ब ५३ करोड रुपैयाँ छ ।

प्रचलित कानून बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औल्याइएको कारोबार बेरुजु हो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update