Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय

काठमाडौँ । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरुवात भएको छ । ४ दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ ।

ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । चारदिनसम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरिन्छ । श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले खरना गर्दछन् । 

खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, चामल र दूध मिसाएरखीर पकाई केराको पातमा राखेर छठिमातालाई चढाउने गर्दछन । खीर चढाइसकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन् । त्यसलाई खरना भनिन्छ ।

तेस्रो दिन (आइतबार)छठ पर्वको मुख्य दिन हो । उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ । चौथो दिन (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ । आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update