Odapalika - The Fourth Estate - चौथो अंग
आलु, प्याज, काउली र सागको मुल्य घट्दा यस्तो छ अन्य तरकारीको भाउ 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ । 

समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ, सानो गोलभेडा लोकल २५ रुपैयाँ, रातो आलु ५५ रुपैयाँ, सेतो आलु  ३६ रुपैयाँ, प्याज सुकेको भारतीय ९० रुपैयाँ छ । आज सेतो आलु प्रतिकेजी २ रुपैयाँ र प्याजमा ५ रुपैयाँ मूल्य घटेर आएको छ ।

यस्तै, समितिले आजको लागि गाजर प्रतिकेजी ५०, बन्दा लोकल ५०, स्थानीय काउली १५, मूलारातो ३०,सेतो लोकल मूला १५, भन्टा लाम्चो १५, मकै बोडी २५, भटमासकोशा १६०, घिउ सिमी लोकल १५, राजमा सिमी ८०, लौका १५, परवल लोकल ६०, घिरौला ३०, फर्सी पाकेको ३०,हरियो फर्सी डल्लो १० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 

रायो साग २०, पालुंगो ८०, चमसुर ८०, तोरी ३०, हरियो प्याज ९०, च्याउ कन्य ५०, डल्ले च्याउ २५०, कुरीलो १०००, ब्रोकाउली ३५ रुपैयाँ तोकिएको छ । 

हिजोको तुलनामा पालुंगो २०, चमसुर र रायोको सागमा समान १० र ब्रोकाउलीमा १५ रुपैयाँ मूल्य घटेर आएको छ । 

फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै केरा १६०,कागती १२०,अनार ४००, कालो अंगुर ३८०, सुन्तला नेपाली ८०, मौसम ९०,जुनार २२०, आभोकाडो २०० र किवि १५० रुपैयाँ तोकिएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update