गौरादह नगरपालिकाले ८२ हजार कृषि चुन खरिद गर्ने, माग्यो दररेट

 

काठमाडौँ । झापा जिल्लाको  गौरादह नगरपालिकाले कृषकका लागि कृषि चुन वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि चुन खरिदका लागि दररेट पेश गर्न सम्बन्धित सप्लायर्स, विक्रेता तथा फर्महरूलाई आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

यसको लागि नगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेको उनले बताए । सूचनाअनुसार ७० प्रतिशतभन्दा बढी न्युटलाइजिङ भ्यालु भएको कृषि चुन खरिद गरिनेछ। नगरपालिकाले यसको आवश्यक परिमाण ८१ हजार ९ सय किलोग्राम तोकेको छ।

इच्छुक सप्लायर्स, विक्रेता तथा फर्महरूले ढुवानीसहितको दररेट उपलब्ध गराउनुपर्नेछ। सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र गौरादह नगरपालिका कार्यालयमा दररेट पेश गर्न नगरपालिकाले आग्रह गरेको छ।

नगरपालिकाको कृषि चुन वितरण कार्यक्रमले कृषकलाई माटोको अम्लीयपन व्यवस्थापन गर्दै माटोको उर्वराशक्ति सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update