गौरादह नगरपालिकालाई चाहियो १ देखि ३ विगाहा जग्गा, फोहोरमैला व्यवस्थापन गरिने

 

काठमाडौँ । झापाको गौरादह नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा लिजमा लिन इच्छुक व्यक्ति तथा जग्गाधनीलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

नगर कार्यपालिकाको २०८३ असार ९ गतेको निर्णयअनुसार नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि जग्गा लिजमा लिन सार्वजनिक सूचना प्रकाशन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेर कट्टेलले जानकारी दिए ।

नगरपालिकाले इच्छुक महानुभावलाई लिज मूल्यसहितको प्रस्ताव १५ दिनभित्र कार्यालयमा पेस गर्न आग्रह गरेको छ।

नगरपालिकाका अनुसार फोहोरमैला व्यवस्थापनका लागि न्यूनतम एक बिघादेखि अधिकतम तीन बिघासम्म क्षेत्रफल भएको जग्गा आवश्यक छ। यस्तो जग्गा गौरादह नगरपालिकाभित्रै उपलब्ध हुनुपर्नेछ।

सूचनामा जग्गा मानव बस्तीबाट कम्तीमा ५०० मिटर टाढा हुनुपर्ने र सडकको पहुँच भएको स्थानमा हुनुपर्ने उल्लेख छ। प्रस्ताव पेस गर्दा जग्गाको चारकिल्ला प्रमाणित कागजात तथा जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपिसमेत संलग्न गर्नुपर्नेछ।

नगरपालिकाले जग्गा उपलब्ध गराउन इच्छुक व्यक्ति तथा जग्गाधनीलाई लिज मूल्यसहितको प्रस्ताव तोकिएको समयभित्र पेस गर्न आग्रह गरेको छ। यससम्बन्धी थप जानकारी गौरादह नगरपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update