जनकपुर । आज छठ पर्व अन्तर्गतको मुख्य दिन (सझिया अर्घ) हो । यो पर्वको अवसरमा बिहानैदेखि जनकपुरधाम उपमहानगरपालिका भित्रका नदी, तलाउ र पोखरीहरुमा श्रद्धालुहरुको भीड छ । आज बिहानदेखि जनकपुर धाम उपमहानगरपालिकाको गंगासागरलगायतका तलाउमा ब्रत बस्नेहरुको चहलपहल छ भने यहाँका स्थानीय पोखरीहरु झकिझकाउ छन् ।
ब्रत बसेका ब्रतालुले साँझपवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने चलन छ। मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा छ । विशेषगरी अहिले जनकपुरको गंगा सागर झकिझकाउ पारिएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य र ब्रह्माका मानसपुत्री छठी (षष्ठी)को उपासना र पूजा गरी मनाइन्छ । आज रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
1700366559.jpg)
1700366558.jpg)
1700366555.jpg)
1700366552.jpg)
1700366548.jpg)
1700366546.jpg)
1700366539.jpg)
1700366539.jpg)
1700366526.jpg)
1700366528.jpg)
1700366531.jpg)
1700366532.jpg)
1700366514.jpg)
1700366517.jpg)
1700366517.jpg)
1700366523.jpg)
1700366507.jpg)
1700366507.jpg)
1700366502.jpg)
1700366500.jpg)
1700366494.jpg)
1700366487.jpg)
1700366486.jpg)







