अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री  डा. एस जयशंकर बीच भेटवार्ता

 

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री  डा. एस जयशंकर बीच भेटवार्ता छ ।

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो । भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ । 

नयाँदिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा मन्त्री डा. वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्‍याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।

भेटमा नेपाल–भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरूले छलफल गरेका मन्त्री डा. वाग्लेको सचिवालयले जानकारी दिएको छ ।

यसअघि अर्थमन्त्री डा. वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गरेका थिए । भ्रमणको पहिलो दिन उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गगरेका थिए । सो क्रममा उनीहरू बीच द्विपक्षीय आर्थिक हित र सहकार्यका सन्दर्भमा छलफल भएको थियोे ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update