काठमाडौँ । बझाङ जिल्लाको साइपाल गाउँपालिकाले असोज ९ गतेदेखि असोज ११ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीले दिएको जानकारी अनुसार सो अवधिभित्र सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द हुनेछन् ।
गाउँपालिकाले नेपाल मौसम विज्ञान विभागले असोज ५ गते विशेष मौसमी बुलेटिन जारी गरी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतवारसम्म देशका विभिन्न स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको तथा एक–दुई स्थानमा अति भारी वर्षाहुने सम्भावना रहेको जानकारी दिएको थियो । यसै विषय समेतलाई मध्यनजर गरी जिल्ला विपद् व्यवस्थापन समिति बझाङको असोज ८ गतेको निर्णयानुसार सो जिल्लाभित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरू मिति २०८३ असोज ९ गतेदेखि असोज ११ गतेसम्म (तीन दिन) बिदा गर्ने भन्ने निर्णय भएको थियो ।
सो निर्णय अनुसार गाउँपालिकाले सबै विद्यालयहरुलाई पत्राचार गरिसकेको गाउँपालिकाले जानकारी दिएको छ ।




