काठमाडौँ । मोरङको बेलबारी नगरपालिकाको वेबसाइटमा कुनै पनि सूचना तथा कागजात प्रविष्ट गर्न नमिल्ने गरी गम्भीर समस्या आएको छ ।
नगरपालिकाका सुचना प्रविधि अधिकृत कृष्ण न्यौपानेले दिएको जानकारी अनुसार कात्तिक १० गते (आज) देखि यस्तो समस्या आएको हो ।
वेबसाइटमा समस्या आएपछि नगरपालिकाले सम्पूर्ण सूचना तथा बिड डकुमेन्ट (बोलपत्रसम्बन्धी कागजात) हरुपनि आफ्नो सामाजिक संजाल फेसबुकमा राख्ने जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३ ११:५५
प्रतिक्रिया दिनुहोस्



