काठमाडौं । आज देशका हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक बादल लाग्ने छ । दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात भइरहेको महाशाखाले उल्लेख गरेको छ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति पनि देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।



