काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल आज झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
झापामा उनले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारीपीडितहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ
यसका साथै स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्ने सचिवालयले उल्लेख गरेको छ ।
अन्तर्क्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासाको सम्बोधनका उपायबारे समेत छलफल हुनेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३ ०७:०७
प्रतिक्रिया दिनुहोस्



