भीमफेदी जिप दुर्घटनामा तीन जनाको मृत्यु

 

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक जीप दुर्घटना भएको छ । सो दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ ।

घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले ३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

मृत्यु हुनेमा २ महिला र १ पुरूष रहेका छन् । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा ७ जना घाइते भएका छन् । अस्पतालमा उपचाररत उनीहरूको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो आज बिहान साढे ८ बजेको समयमा त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । 

यसअघि २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update