औरही नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ दिने, यस्तो छ प्रक्रिया

 

काठमाडौँ । महोत्तरी जिल्लाको औरही नगरपालिकाले किसानलाई गहुँको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रममार्फत अनुदान उपलब्ध गराउन लागेको हो ।

नगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेर अनुदान कार्यक्रममा सहभागी हुन आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील प्रसाद आचार्यले जानकारी दिए ।

अनुदान कार्यक्रममा सहभागी हुनको लागि किसानले नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित वडाको सिफारिस र लालपुर्जाको प्रतिलिपी आवश्यक पर्ने नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले विजय, गौतम र एनएल ९७१ जातको उन्नत गहुँको बीउ रहेको नगरपालिकाको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update