Odapalika - The Fourth Estate - चौथो अंग
सिटिजन लाइफले लागू गर्ने नयाँ बोनस दर, कुन पोलिसीमा कति ?

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेनस कम्पनीले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को जीवन बीमाकोषको बीमाङ्कीय मूल्यांकन बीमा प्राधिकरणबाट स्वीकृत गरेर नयाँ बोनस दर कायम गरेको हो । 

प्राधिकरणले कम्पनीलाई मंसिर १५ गते बोनस दरको स्वीकृती लिएको थियो । कम्पनीले जारी गरेको विभिन्न ६ वटा पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । 

यसअघि कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर तोकेको थियो । अघिल्लो वर्षहरुको तुलनामा कम्पनीले आर्थिक वर्ष २०७९/०८० का लागि समग्रमा बोनस दर २ रुपैयाँले बढाएको छ ।

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख अन्तरगत ४४ रुपैयाँदेखि ५५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तरगत २५ रुपैयाँदेखि २८ रुपैयाँ र सिटिजन शुभारम्भ योजना (सावधिक प्लस बीमालेख) योजना अन्तरत न्यूनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस घोषणा गरेको छ । 

यस्तैगरी, सावधिक (रेगुलर) जीवन बीमालेख योजना अन्तरगत ३८ रुपैयाँदेखि ७३ रुपैयाँ, सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख) अन्तरगत ४४ रुपैयाँदेखि ६७ रुपैयाँ र सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) अन्तरगत ३८ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस रेट सार्वजनिक गरेको हो । 

Citizen-Bouns-Rate1701668468.jpg

कम्पनीले सार्वजनिक गरेको उक्त बोनस दर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समपर्ण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा लागू हुनुका साथै अर्काे बीमाङ्कीय मूल्यांकन प्रतिवेदन बमोजिम नेपाल बीमा प्राधिकरणबाट अर्काे व्यवस्था गर्न स्वीकृत नभएसम्म लागू हुने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update