अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरको खेल प्रतियोगिता 
                        
                        
                                                
                                             
                                                                    ललितपुर । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि खेलकुद प्रतियोगिता संचालन गरेको छ ।
ललितपुर महानगरपालिका वडा ४ भनिमण्डल बास्केटबल कोर्टमा बास्केटबल र गोल बल प्रतियोगिता संचालन गरेको हो ।
जावलाखेल व्हीलचीयर खेलकुद क्लबले बास्केटबल खेलेका थिए । भने राष्ट्रिय दृष्टिविहीन खेलकुद संघले गोल बल खेलेका छन् । अपाङ्गता भएका व्यक्तिको क्षमता विकास र सामाजिकीकरणका लागि प्रतियोगिता संचालन गरेको महानगरको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०८:१३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    