ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त, को हुन् उनी ?
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । मंसिर २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढकाललाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी बैंकको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् । ढकालले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १०:५३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    