महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद कति ? 
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनिलाई लाभांश दिने निर्णय गरेको हो ।
उक्त निर्णय सँगै बैंकले हाल रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकतो हो । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ छ । जसको ६.४० प्रतिशतले कूल २६ करोड ६९ लाख रुपैयाँ नगद लाभांश सेयरधनीलाई वितरण गर्ने कम्पनीले जानकारी गराएको छ ।
बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १०:५२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    