निफ्राका सीईओ खतिवडाले दिए राजीनामा
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।
उनले पुस २९ गते नै माघ १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए । उनले दिएको राजीनामा अनुसार सञ्चालक समितिको बैठकले माग १ गतेदेखि लागू हुनेगरी राजीनामा स्वीकृत गरिसकेको छ ।
२०७७ को माघ १ गते खुला प्रतिस्पर्धाबाट खतिवडा निफ्राको सीईओमा नियुक्त भएका थिए ।
खतिवडाले सीईओ खतिवडाको राजीनामा स्वीकृतसँगै सञ्चालक समितिले बैंकका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङलाई निमित्त सीईओको जिम्मा दिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:३९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    